पोखरा महोत्सव: विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई

पाेखरा | माघ १०, २०८२

पोखरा महोत्सव: विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । 


एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।


पोखरा र आसपासमा आयोजना हुने मेला महोत्सवहरुको निर्धारित समय नहुने कहिले त पोखरा महोत्सव संगै समेत जुधाएर आयोजना गरिने भएको भएतापनि पोखरा महोत्सवले दर्शकहरुको साथ पाइरहेको उनको भनाइ रहेको थियो ।


महोत्सवमा त्यसमा पनि १३ दिन सम्म लामो समयसम्म हरेक रात ख्यातिप्राप्त ब्याण्डहरुको प्रस्तुती प्रस्तुती हुने भएकाले पनि युवा पुस्ता माझ पोखरा महोत्सवको छुट्टै छाप रहेको महोत्सव आयोजक युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सव आयोजना गर्नु र लाइभ ब्याण्डका कलाकार ल्याउन खर्चिलो हुने भएतापनि आयोजकले खर्चको प्रवाह नगरी महोत्सवलाई थप आकर्षण बनाउनतर्फनै आफुहरु लागि परेको उनको भनाई थियो ।


महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण पोखरेलीको माया र साथ महोत्सवले पाइरहेको युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा युनाईटेड क्लबले काम गर्दै आइरहेको उनले बताए ।


यसैविच १४ औं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्ड स्कुलले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा सूर्योदय बोर्र्र्डिङ स्कुल द्वितिय र शोसल पब्लिक स्कुत तृीतय स्थान हाँसिल गरेका छन । प्रतियोगितामा अन्जुली बोर्डिङ स्कुल, अमरसिंह मावि र विभूति शिक्षा सदनले शान्तवना स्थान हाँसिल गरे ।


प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्ने तीन समुहले क्रमश नगद ५०, ३५, २५ र १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमा उपाध्यक्ष गोरे गुरुङ, निवर्तमान सदस्य सचिव मन कुमार श्रेष्ठ, नृत्य निर्देशक द्वय माधव गुरुङ र राहुल थापाले निर्णायकको भूमिका निभाएका थिए ।


प्रतियोगिताका बिजेताहरुलाई महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, सदस्य तथा प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सव समापनको संघारमा आइपुग्दा दर्शकहरुको भीड बढ्दै गइरहेको छ । महोत्सवमा दर्शकको उपस्थिती संगै स्टलहरुमा कारोबार समेत वढिरहेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।


महोत्सवको १२ औं दिन लोकदोहोरी तर्फ प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए  ।  साँझको लाइभ कन्सर्टमा भीटेनको प्रस्तुतीमा युवाहरु झुमे ।  महोत्सवको अन्तिम दिन माघ ११ गते चोलेन्द्र पौडेल, मन्जु बिक, प्रकाश बराल, नेत्र खड्का, गंगा पौडेल, मुना राना मगर, नवराज अधिकारी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा पर्पलेको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


महोत्सवको समापन समारोह अपराह्न ३ बजे पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्ने महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्